
नयाँ विकल्प,
काठमाडौं – बहराइनका परराष्ट्र सचिव डा. शेख बिन अहमद बिन अब्दुल्ला अल खालिफाले नेपाली श्रमिकको प्रशंसा गरेका छन् ।
बहराइनमा रहेको नेपाली दूतावासका अनुसार बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङसँगको शिष्टाचार भेटमा सचिव शेख अब्दुल्लाले बहराइनमा कार्यरत नेपालीको प्रशंसा गरेका हुन् ।
भेटमा सचिव शेख अब्बदुल्लाले नेपाल र बहराइनबीचको सम्बन्धलाई मित्रवत् तथा समस्या रहित रहेको बताए ।
आउँदा दिनमा नेपाल र बहराइनबीचको कूटनैतिक, आर्थिक, सामाजिक, पर्यटन लगायत सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...