जलवायुसम्बन्धी खोज गर्ने तीन जना वैज्ञानिकलाई नोबेल पुरस्कार – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

जलवायुसम्बन्धी खोज गर्ने तीन जना वैज्ञानिकलाई नोबेल पुरस्कार

नयाँ विकल्प,

काठमाडौं – भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार वैज्ञानिकहरु स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले प्राप्त गरेका छन् ।

स्विडेनको स्टकहोममा नोबेल एसेम्बलीले तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा भौतिक विज्ञानतर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न उनीहरुले गरेका खोजका लागि सन् २०२१ को नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

९० वर्षका मानाबे र ८९ वर्षका हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए ।

७३ वर्षका वैज्ञानिक पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको खोज गरेका थिए ।
मानाबे र हसलम्यानलाई पुरस्कारको आधा रकम र पारिसीलाई आधा रकम दिने नोबेल एसेम्बलीले जनाएको छ ।

नोबेल पुरस्कार विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशि भएको पुरस्कार हो ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १९, २१: १९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ आश्विन १९, २१: १९

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ आश्विन १९, २१: १९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...