द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

पेरिस । अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अध्ययनमा, यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशुमात्र ३० लाख रहेका छन् ।

विश्व प्रसिद्ध द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानमा मृत्यु भएका बालबालिकाको एकएक गणना नगरिएको, तर अफ्रिकामा भएका १५,४४१ वटा द्वन्द्वको विश्लेषण गरिएको उल्लेख छ । यो द्वन्द्वमा झण्डै दशलाख मानिसको मृत्यु भएको थियो । ल्यान्सेटमा यिनै मृत्यु भएका व्यक्ति, बालबालिकाको जन्म र मृत्यु दर्तालाई अनुसन्धानमा समेटिएको छ ।

अनुसन्धाताहरुले १०० किलोमिटरको वरिपरिको क्षेत्रभित्र हुने बालमृत्यु तथा आठ वर्षसम्मको सशस्त्र द्वन्द्वका जोखिमलाई ध्यान दिएर तथ्याँक सङ्कलन गरेको थियो । यही आधारमा उनीहरुले अफ्रिकाका धेरै युद्धहरुमा बालमृत्युका घटनाको तथ्याँक विश्लेषण गरेका छन् । प्रतिवेदन लेखकहरुका अनुसार विगतमा अनुमान गरिएभन्दा बालमृत्युको संख्या बढेको पाइएको छ ।

“अरु कुनै महादेशमा भन्दा अफ्रिकी महादेशमा विगत ३० वर्षमा बढी दर्दनाक सशस्त्र द्वन्द्वहरु भइरहेका छन,” उनीहरुले लेखेका छन् । “यस विश्लेषणमा भनिएको छ, सशस्त्र द्वन्द्वको प्रभाव लडाकूको मृत्यु र भौतिक विनाशभन्दा बढी बालबालिकाको मृत्युको जोखिम हुन्छ र यसको प्रभाव लामो समयसम्म पर्दछ ।”

बालबालिकालाई प्रत्यक्ष घाउचोट लाग्नुका अलावा द्वन्द्वका कारण धेरै वर्षसम्म बालमृत्यु र पुड्कोपनका समस्या आइरहेको हुन्छ, प्रतिवेदनमा उल्लेख छ । गर्भवती महिला र नवजात शिशुका लागि उपचार सेवाको अभाव, सरसफाई सेवा र खानेपानीको प्रबन्धको व्यवस्थाको अभावमा फैलिने रोग तथा खाद्यान्न अभावका कारण कुपोषण तथा औषधिको अभावका कारण पनि आममहिलाको मृत्यु हुनुका साथै बालमृत्यु हुने गर्दछ ।–बीबीसी

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७५ भाद्र १८, ०८: ५३

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ भाद्र १८, ०८: ५३

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ भाद्र १८, ०८: ५३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...