क्याम्बोडियामा पहिलो पटक पोल पोट नेतृत्वको खमेर रुज शासनकालका दुईजना भूतपूर्व नेतालाई आमनरसंहारको अभियोगमा दोषी ठहर गरिएको छ । दोषी ठहर गरिएका ती दुई नेतामध्ये ९२ वर्षका नुओन चिआ पोलपोटका सहायक थिए भने ८७ वर्षीय खियु साम्फान क्याम्बोडियाली शासनका राष्ट्रप्रमुख थिए ।
चाम मुस्लिम र जातीय भियतनामी समुदायको आमनरसंहार गरेको अभियोगमा संयुक्त राष्ट्रसंघ समर्थित एक न्यायालयमा ती भूतपूर्व नेताविरुद्ध मुद्दा चलाइएको थियो ।
उनीहरूलाई दोषी ठहर गर्दै भएको फैसला पोल पोटको शासनकालका बेला भएका घटनालाई अन्तर्राष्ट्रिय कानूनको व्याख्या अनुसार आमनरसंहार भन्न सकिन्छ भनेर पहिलो पटक औपचारिक रूपमा स्वीकार गरिएको अवस्था हो ।
ती दुई नेताले पहिले नै मानवताविरोधी अपराधको अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका छन् । नोम पेन्हमा अवस्थित उक्त न्यायालयले हालसम्म दोषी ठहर गरेका तीन जनामध्येका दुईजना ती नेता हुन् ।
सन् १९७५ देखि १९७९ सम्म छोटो अवधिको तर क्रुर खमेर रुज शासनकालका बेला झण्डै बीस लाखसम्म मानिसले ज्यान गुमाए थिए । तीमध्ये धेरैजसो जबरजस्ती गराइएको चरम परिश्रम र भोकमरी कारण मरेका थिए भने कैयौँलाई राज्यको दुश्मन भन्ने अभियोग लगाएर मृत्युदण्ड दिइएको थियो । –बीबीसी
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...