इंग्ल्याण्डमा सबै प्रतिबन्ध हटाइने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

इंग्ल्याण्डमा सबै प्रतिबन्ध हटाइने

नयाँ विकल्प,

बेलायत – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्याण्डमा लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने बताएका छन् । प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिड सम्बन्धि प्रतिबन्ध हटाइने जोन्सनले बताए ।
हालको नियम अनुसार कोरोना संक्रमित भएको पुष्टि भएमा कम्तिमा पाँच दिनसम्म अनिवार्य आइसोलेशन बस्नुपर्ने नियम छ । कोभिड प्रतिबन्ध सम्बन्धि पछिल्लो नियमको म्याद आउँदो मार्च २४ मा समाप्त हुने भएपनि निर्धारित समय अगाडि नै यसको अन्त्य गरिन लागिएको हो । प्रतिबन्ध हटाउने बारेमा यसअघि पनि आवाज उठेको भएपनि यसको विरोध गर्नेहरुको संख्या पनि उत्तिकै रहँदै आएको थियो । बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण अत्यधिक रुपमा बढेपनि यसको असर कम देखिएको र संक्रमण दर क्रमश घट्दै गएपछि सरकारले सबै प्रतिबन्ध हटाउने तयारी गरेको हो ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ २६, २१: ०२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ २६, २१: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ माघ २६, २१: ०२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...