
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार नेपालमा आउने भएका छन् ।
परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री यी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् भने परराष्ट्रमन्त्री नारायण खड्का र उनको टोलीबीच शनिबार द्वीपक्षीय वार्ता हुनेछ ।
विदेशमन्त्री यीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एमसीसीसँगको सम्झौता अनुमोदन भएपछि छिमेकी चीनका विदेशमन्त्री वाङ यी नेपाल आउँने भएका हुन् ।
काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...
काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...
काठमाडौं : नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ । राजदूत रिक्त...