अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी बनाउनु पर्ने अडानलाई कायमै राखेका छन् । उक्त अडानपछि आक्रोशित बनेका अरबी देशका नेताहरुले अनावश्यक हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी ट्रम्पलाई दिएका छन् ।
ट्रम्पले बुधवारै जेरुशेलमलाई इजरायलको राजधानीको मान्यता दिनसक्ने बताइएको थियो । ट्रम्पको हस्तक्षेप मान्य नहुनेसमेत अरबी नेताहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देश दिइसकेका छन् । प्यालेस्टाइनमा यसको चर्को विरोध नै भएको छ । उनको पोस्टरसमेत जलाइएको छ ।
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...