उच्च क्षेत्रका १७ हजारबढी मानिसलाई स्थानान्तरण गरिने – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

उच्च क्षेत्रका १७ हजारबढी मानिसलाई स्थानान्तरण गरिने

तिब्बत । उच्च क्षेत्र नाग्कु शहरका १७ हजार भन्दा धेरै मानिसलाई स्थानान्तरण गरिने भएको छ । त्यहाँका १७ हजार ५ सय ५५ मानिसलाई शानन शहरमा सार्ने तयारी भैरहेको तिब्बती अधिकारीले बताएका छन् ।

समुद्री सतहभन्दा ४ हजार ५ सय मिटरमाथिको औसत उचाई भएका ठाउँबाट स्थानीयबासिन्दालाई ३ हजार ६ सय मिटरको उचाई रहेको शानन शहरमा स्थानान्तरण गर्न लागिएको हो ।

मानिसको जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्ने स्थानीय कार्यक्रम अन्तर्गत उनीहरूलाई स्थानान्तरण गर्न लागिएको हो ।

चिनियाँ राष्ट्रपतिको गरिबी निवारण कार्यक्रमले विकासको पूर्वाधार पुर्‍याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाई उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीति छ ।

सम्बन्धित समाचार

ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु
ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु
  • २०७९ असार १४, ०८: ०२

काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...

विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
  • २०७९ असार १४, ०८: ०२

काठमाडौं : नेपाल सरकारले विभिन्न २१ मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ । राजदूत रिक्त...

सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
  • २०७९ असार १४, ०८: ०२

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २१...