एजेन्सी । साउदी अरबले सामाजिक सञ्जाल प्रयोग गरी देशलाई नोक्सान पुर्याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ ।साउदी अरबमा यो दोस्रो घटना हो ।
साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जालमार्फत सामाजिक पूर्वाधारमा खलल पुर्याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ ।
साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन । ९ अगस्टमा अर्की एक महिलालाई ट्विटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो ।
यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्। उनी यसै वर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन् ।
सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघन लगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो । उनीहरूलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको नुनअन्तर्गत कारबाही गरिएको छ ।
गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा समयसमयमा महिला पक्राउ परिरहेका छन् ।
काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २१...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं प्रहरी...
काठमाडौं : भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन...