अमेरिकी डलरको भाउ १३२ रूपैयाँ पुग्दा अष्ट्रेलियन डलर घटयो – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

अमेरिकी डलरको भाउ १३२ रूपैयाँ पुग्दा अष्ट्रेलियन डलर घटयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी विनिमय दरभाउ तोकेको छ ।

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ।

नेपालमा निरन्तर घटेको अष्ट्रेलियन डलरको खरिद मूल्य मंगलबार एक अष्ट्रेलियन डलर बराबर ८३.३७ रूपैयाँ तोकिएको थियो । एक महिना अघिसम्म एक अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.५५ रूपैयाँ थियो। त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर २९ महिना यताकै सस्तो भएको छ । एक अष्ट्रेलियन डलर बराबर ६२ युएस सेन्ट्समा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७९ आश्विन २६, ०९: १५

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ आश्विन २६, ०९: १५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ आश्विन २६, ०९: १५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...