पिएसजी र रियल बराबरीमा रोकियो – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

पिएसजी र रियल बराबरीमा रोकियो

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडसँगै पिएसजी बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा पीएसजीले बेन्फिकासँग १–१ गोलको बराबरी खेलेको हो ।

लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजी सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा जोआ मारियोले गोल गर्दै बेन्फिकालाई १–१ गोलको बराबरीमा ल्याए । यता, रियलले शाख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई हारबाट जोगाए । ४६औं मिनेटमा ओलेक्सान्डर जुब्कोभले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाएका थिए । भने यस बराबरीको बाबजुत रियलले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७९ आश्विन २६, १०: ११

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७९ आश्विन २६, १०: ११

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७९ आश्विन २६, १०: ११

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...