पिएसजी र रियल बराबरीमा रोकियो – Naya Bikalpa
August 3, 2026, Monday      Epaper

पिएसजी र रियल बराबरीमा रोकियो

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडसँगै पिएसजी बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा पीएसजीले बेन्फिकासँग १–१ गोलको बराबरी खेलेको हो ।

लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजी सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा जोआ मारियोले गोल गर्दै बेन्फिकालाई १–१ गोलको बराबरीमा ल्याए । यता, रियलले शाख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई हारबाट जोगाए । ४६औं मिनेटमा ओलेक्सान्डर जुब्कोभले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाएका थिए । भने यस बराबरीको बाबजुत रियलले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

सम्बन्धित समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ
  • २०७९ आश्विन २६, १०: ११

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको...

रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
रोल्पाको इरीवाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ आश्विन २६, १०: ११

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा...

मुग्लिन–नारायणगढ सडक तीन स्थानमा पहिरो, एकतर्फी मात्र सञ्चालन
मुग्लिन–नारायणगढ सडक तीन स्थानमा पहिरो, एकतर्फी मात्र सञ्चालन
  • २०७९ आश्विन २६, १०: ११

चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय...