जापानले १९ वटा उत्तर कोरियाली कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उत्तर कोरियाको आणविक हतियार निर्माणमा रोक लगाउन दबाब दिँदै जापानले थप प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ । जापानका विदेश मन्त्रीले शुक्रबारको पत्रकार सम्मेलनमा उत्तर कोरियाको अर्थ व्यवसायलाई धक्का पुर्याउने उद्देश्यले कोइला, मिनिरल, जहाजको सुविधा र नागरिकलाई विदेश पठाउने सम्बन्धी काम गरिरहेको १९ वटा कम्पनीहरुमाथि प्रतिबन्ध लगाइने जानकारी दिएका हुन् ।
त्यस्ता कम्पनीहरुमा अमेरिकाले भने पहिले नै प्रतिबन्ध लगाइसकेको छ । शुक्रबार न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्र संघको बैठकमा उत्तर कोरियाबारे छलफल गर्ने कार्यक्रम भएपनि जापानले यसअघि नै प्रतिबन्धको एकतर्फी घोषणा गरेको छ । उत्तर कोरियाले गत सेप्टेम्बर जापानको आकाश हुँदै ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जापानका लागि चिन्ताजनक अवस्था सिर्जना भएको थियो । यसैको प्रतिक्रियामा जापानले यस्तो निर्णय लिएको बताएको छ ।
उत्तर कोरियालाई भविष्यमा अन्य कुनै मिसाइल परीक्षण गर्न नदिनका लागि यसरी आर्थिक दबाब दिइएको बताइएको छ । यस बारेमा जापानी सरकारका उच्च प्रवक्ताले ‘उत्तर कोरियाले लगातार भड्किलो बयान र निराशाजनक प्रदर्शन गरिरहेकाले यस मुद्दामा थप दबाब पैदा गर्न बाध्य भएका बताउँदै उनीहरुको आचरणमा कुनै परिवर्तन नआएपछि यसप्रति थप कारबाही गर्न जरुरी भएको बताए ।
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...