रियादमा हुथी बिद्रोहीद्वारा मिसाइल आक्रमण – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

रियादमा हुथी बिद्रोहीद्वारा मिसाइल आक्रमण

रियाद । यमनमा सशस्त्र संघर्ष गरिरहेको हुथी बिद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको छ । हुथी बिद्रोहीको टेलिभिजन अल मसिराहले बुर्कान एच टू ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको हो । प्रत्यक्षदर्शीले रियादमा आफूहरुले विस्फोटको आवाज सुनेको बताएका छन् । उनीहरुले धुवाँको मुस्लोसहितको तस्बिर पनि पोस्ट गरेका छन् । अहिलेसम्म विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको खबर भने छैन । साउदी अरेबियासहितको गठबन्धनले हुथी बिद्रोहीलाई इरानले मिसाइल उपलब्ध गराउँदै आएको आरोप लगाउने गरेका छन् ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ पुष १०, ०८: ४३

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ पुष १०, ०८: ४३

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ पुष १०, ०८: ४३

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...