एजेन्सी। भारत राजस्थानमा यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य बीसजना बढी घाइते भएका छन् ।
दुर्घटना राजस्थानको दौसा जिल्लामा भएको हो । दुर्घटनाग्रस्त निजी बस उत्तर प्रदेश राज्यको हरिद्वार क्षेत्रबाट राजस्थानको राजधानी जयपुरतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाएर पुलबाट रेल ट्र्याकमा खसेको हो ।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये गम्भीर पाँच जनालाई जयपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको छ ।
दुर्घटनाका कारण जयपुर–दिल्ली सञ्चालित रेलको आवागमनमा असर परेको भारतीय रेल्वेले जनाएको छ ।
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...