सीमा क्षेत्र सम्झौतालाई एकतर्फी रूपमा रद्द गर्दै म्यान्मासँग खुला सीमामा तारबार लगाउने – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

सीमा क्षेत्र सम्झौतालाई एकतर्फी रूपमा रद्द गर्दै म्यान्मासँग खुला सीमामा तारबार लगाउने

एजेन्सीः भारतले सीमा क्षेत्र सम्झौतालाई एकतर्फी रूपमा रद्द गर्दै म्यान्मासँग खुला सीमामा तारबार लगाउने भएका छ ।

विद्रोहीको आक्रमणबाट भागेर म्यान्माका सयौं सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहले सीमामा तारबार लगाउने घोषणा गरेका हुन् ।

भारत र म्यान्माबीच दुर्गम जंगलदेखि हिउँले ढाकिएका एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ । गृहमन्त्री शाहले स्वतन्त्र आवागमन सम्झौता रद्द गर्दै तारबार लगाउने घोषणा गरेपछि सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरू प्रभावित हुने जनाइएको छ।

सीमा क्षेत्रका मानिस भिसाबिना एक अर्काको क्षेत्रमा ओहोरदोहोर गर्दै आइरहेका छन्। सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकबीच घनिष्ठ साँस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ।

सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बंगलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ।

सम्बन्धित समाचार

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८० माघ ८, ०७: २४

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
  • २०८० माघ ८, ०७: २४

काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०८० माघ ८, ०७: २४

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...