हिमालयन वाल्डर्फ स्कुलको अभिभावक दिवस सम्पन्न – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

हिमालयन वाल्डर्फ स्कुलको अभिभावक दिवस सम्पन्न

काठमाडौँ  | नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको रानीवन अवस्थित  हिमालयन वाल्डर्फ स्कुलको चौथो  अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालय र अभिभावक आपसमा परिपूरक हुनुपर्छ र अभिभावकको साथ र सहयोगले नै कुनै पनि विद्यालय सफल हुन सक्छ भन्ने कुरालाई मध्यनजर राख्दै अघि बढिरहेको हिमालयन वाल्डर्फले  सो कार्यक्रम सम्पन्न गरेको हो ।

यस अवसरमा विद्यालयले आफ्नो शैक्षिक उपलब्धिहरू सार्वजनिक गर्नुका साथै विद्यार्थीहरूलाई उनीहरूले सिकेका ज्ञान तथा सीप सांस्कृतिक नृत्य र गायन प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो ।

भविष्यको समाज निर्माण उद्देश्यका साथ शिक्षकहरूले विद्यार्थीको पढाइमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै विद्यालय   प्रमुख कृष्ण अधिकारीले विद्यार्थीको पढाइ सँगसँगै विद्यार्थीमा असल व्यवहार सिकाउने, स्वयम्सेवी भावना जगाउने, इमानदार हुने, श्रम गर्नुका साथै श्रमलाई सम्मान गर्ने र समाज र देशको सेवा गर्ने भावना जगाउन शिक्षकहरूले मेहनत गर्नुपर्ने बताएका छन्  ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी संस्थापक सुजना सिम्विखडाले  विद्यालयले ४०० विद्यार्थीको व्यवस्थापन र शैक्षिक गतिविधि उत्कृष्ट ढंगले सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गरिन् । उनले विद्यार्थीको सबै प्रकारका प्रतिभा प्रस्फुटन गराउने कार्यमा विद्यालयलाई अझै सफलता मिलोस् भन्ने कामना गरिन् ।कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थिति माझ विद्यार्थीले रचनात्मक नृत्य, गीत, प्रहसन तथा नाटकमार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गर्दै  अभिभावकले विद्यालयको  सर्वपक्षीय क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाएकाले बालबालिकाको चिन्ताबाट मुक्त रहेको  शिक्षकहरुले बिचार राखेका थिए ।कार्यक्रममा विद्यालयका विद्यार्थीहरूबाट नृत्य तथा विभिन्न क्रियाकलाप प्रस्तुत गरिएको थियो । अभिभावक दिवसकै अवसरमा विद्यालयका विद्यार्थीहरूले तयार पारेका विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनी गरेका थिए । व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यका हिमालयन वाल्डर्फ स्कुलको अभिभावक दिवस सम्पन्न गरेको छ।

सम्बन्धित समाचार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी सबै विषयमा उत्तीर्ण
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी सबै विषयमा उत्तीर्ण
  • २०८१ फाल्गुन २६, १२: २८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी...

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
  • २०८१ फाल्गुन २६, १२: २८

काठमाडौं। निजी विद्यालयका चार प्रमुख संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरिएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज...

शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी
शून्य अवस्थाबाट मन्त्रालय सञ्चालन गर्दै मन्त्री महावीर पुन, विज्ञान तथा नवप्रवर्तन ऐन ल्याउने तयारी
  • २०८१ फाल्गुन २६, १२: २८

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले मन्त्रालयको काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।...