लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरुले संविधान मास्न खोजेको :प्रधानमन्त्री ओली – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरुले संविधान मास्न खोजेको :प्रधानमन्त्री ओली

नवलपुर। वन्यजन्तुको आक्रमणमा परेर नवलपुरमा चालु आर्थिक वर्षको ८ महिनामा ५ जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्य जन्तुको आक्रमणबाट ८ महिनाको अवधिमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिनुभयो।

८ महिनाको अवधिमा विनयी त्रिवेणी–१ का जीतबहादुर थिंग, कावासोती ७ का शुकबहादुर बोटे, मध्यविन्दु ६ का नाथुराम महतो र देवचुली १ की राममाया सोतीको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको हो। ४ जनामध्ये विनयी त्रिवेणी–१ का थिंगको बाघको आक्रमणबाट मृत्यु भएको हो भने अन्य ३ जनाको गैँडाले आक्रमण गर्दा मृत्यु भएको सूचना अधिकारी थापाले बताउनुभयो।

गैँडाले आक्रमण गर्दा मध्यविन्दुका सर्वजीत मगर, टिकी कुमाल, कावासोतीका निरन्जन महतो र देवचुलीकी कुमारी आलेमगर घाइते हुनुभएको छ। यो अवधिमा डिभिजन वन कार्यालयको सेवा क्षेत्र अर्थात् निकुञ्ज र मध्यवर्ती क्षेत्र बाहिर एक जनाको मृत्यु र दुई जना घाइते हुनुभएको छ। डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार गैँडाले आक्रमणण गर्दा दोलखाका कृष्णप्रसाद दाहालको मृत्यु भएको थियो भने गैंडाकै आक्रमणबाट दोलखाकै प्रदीप न्यौपाने र गैंडाकोटका नेप्टेबहादुर कुमाल घाइते हुनुभएको हो।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावरको आक्रमणका कारण अकालमा मृत्यु हुने गरेको छ। निकुञ्ज, मध्यवर्ती, डिभिजन वन कार्यालयले वन क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट अभावका कारण काम हुन नसकेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी थापाले बताउनुभयो।

घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावरले आक्रमण गर्ने गरेको छ। सरोकारवाला निकाय निकुञ्ज, डिभिजन वन तथ मध्यवर्ती उपभोक्ता समितिले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ फाल्गुन २१, १८: १४

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ फाल्गुन २१, १८: १४

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ फाल्गुन २१, १८: १४

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...