नेपाल ग्रे लिस्टमा पर्नुमा दोष कसको भन्नेबारे प्रमाण ल्याउने अर्थमन्त्रीको दाबी – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

नेपाल ग्रे लिस्टमा पर्नुमा दोष कसको भन्नेबारे प्रमाण ल्याउने अर्थमन्त्रीको दाबी

२१ फाल्गुन काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘हामी एफएटीएफमा कहिलेदेखि आवद्ध भयौँ । कहिलेदेखि हामी संलग्न छौँ । त्यो कालखण्डमा को प्रधानमन्त्री थियो, को अर्थमन्त्री थियो भनेर म लेख्ने छैन । यहाँहरूले त्यो कालखण्ड हेरिसकेपछि स्वतः थाहा पाउनु हुनेछ’, अर्थमन्त्री पौडेलले भने, ‘कुन कुन कालखण्डमा के के काम भयो र के के भएन? आज नेपाल ग्रे लिस्टमा पर्नुको कारण के हो? भन्ने विषयमा म सदनसमक्ष समय लिएर प्रस्तुत हुनेछु । त्यसका लागि अग्रिमरुपमा समय बुक गर्न चाहन्छु ।’

संसद् स्वर्णिम वाग्लेले यसबारेमा अध्ययन नै नगरी टिप्पणी गरेको भन्दै अर्थमन्त्रीले आक्रोश पोखे । उनले भने, ‘अरू कसैले भनेको भए एउटा कुरा हुने थियो । सडकमा हुने टिप्पणी अर्को कुरा थियो । माननीय स्वर्णिम वाग्ले जसलाई यसबारेमा राम्रोसँग थाहा छ । तर, उहाँले नेपाल ग्रे लिस्टमा पर्नुको कारण यो सरकारमाथी लगाउनु भएको छ । उहाँलाई यो ठिक भनिन भने मनले नै भनिरहेको छ ।

’ग्रे लिस्टबाट बाहिर ल्याउनका लागि सरकारले कदम चाल्ने जानकारी दिए । नेपाल ग्रे लिस्टमा पर्नुका यो सरकार नभएर अरू कोही रहेको बताउँदै उनले अगाडि भने, ‘दुई वर्षको समय उपलब्ध छ । हामी त्यो समय लगाउँदैनौँ । त्यो भन्दा अगाडी नै हामीले मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउँछौँ ।’

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ फाल्गुन २१, १८: २३

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ फाल्गुन २१, १८: २३

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ फाल्गुन २१, १८: २३

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...