मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्छु : प्रचण्ड – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताएका छन् ।जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेको बताए ।अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको समेत उनले बताए । मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने बताए ।

यो अभियान विल्कुल जनताको आवश्यकता र यस क्षेत्रका जनताको आवश्यकता अनुकूल भएको उनले जिकिर गरे । ‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेशका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं । यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसनका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,’ अध्यक्ष प्रचण्डले भने ।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको उनले स्पष्ट पारे ।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ फाल्गुन २३, १७: २६

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ फाल्गुन २३, १७: २६

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ फाल्गुन २३, १७: २६

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...