तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ : अध्यक्ष प्रचण्ड – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानमा क्रियाशील छौं । अभियानमा सम्पूर्ण पार्टी पंक्ति सक्रिय छ । हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन ।’

हुलाकी राजमार्ग निर्माणमा माओवादी केन्द्रको भूमिकाका कारण पनि सो राजमार्ग आसपासका जनतामा जागरण अभियानले थप उत्साह ल्याएको उनको भनाइ छ ।

अहिले एमाले नेतृत्वको सरकारले गरिरहेका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको भन्दै माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उनको भनाइ छ ।  काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले बताए । साथै, भोलि बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने प्रचण्डले जानकारी दिए ।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ फाल्गुन २५, १७: ०२

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ फाल्गुन २५, १७: ०२

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ फाल्गुन २५, १७: ०२

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...