शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन क्रममा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन क्रममा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना

काठमाडौं |  काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएको छन् । दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उदेश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। यस पटकको आन्दोलन निर्णायक भएको भन्दै उनले चाँडोभन्दा चाँडो विधालय शिक्षा ऐन अघि बढाउन आग्रह गरे।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।

त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ फाल्गुन २८, १७: ०८

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ फाल्गुन २८, १७: ०८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ फाल्गुन २८, १७: ०८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...