काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाएकै आधारमा गिरफ्तार गर्न उचित नहुने बताएका छन् ।
उनले आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने र फोटो जलाउँदैमा विरोध उचित नहुने बताएका हुन्। ‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ प्रचण्डले भनेका छन्।
‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ प्रचण्डले भनेका छन् । प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले शनिबार हेटौंडामा प्रचण्डको फोटो जलाएका थिए । यही सन्दर्भमा प्रचण्डले फोटो जलाउँदैमा पक्राउ गरिनु उचित नभएको प्रतिक्रिया दिएका छन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...