कुलमान घिसिङ हटाएकोमा असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

कुलमान घिसिङ हटाएकोमा असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् ।

सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो । घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका थिए ।

नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन्। ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लगायतका प्लेकार्ड प्रदर्शनकारीले बोकेर सरकारको निर्णयको विरोध गरेका थिए ।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ चैत्र १२, १४: २५

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ चैत्र १२, १४: २५

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ चैत्र १२, १४: २५

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...