नेप्सेमा हरियाली , कारोबार रकममा पनि वृद्धि, ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

नेप्सेमा हरियाली , कारोबार रकममा पनि वृद्धि, ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ ।  साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ ।बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ ।

बुधवार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५ अर्ब २२ करोड ३० रुपैयाँको कारोबार भएको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सबैभन्दा धेरै गुरास र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार क्षेत्रको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ ।यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ चैत्र १४, १६: ५२

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ चैत्र १४, १६: ५२

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ चैत्र १४, १६: ५२

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...