राजनीतिक दलहरुद्धारा पूर्व राजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन माग – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

राजनीतिक दलहरुद्धारा पूर्व राजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन माग

काठमाडौं । शुक्रबार तीनकुनेमा राजवादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि मुख्य योजनाकार भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज बढ्दै गएको छ ।

शनिबार सर्वसाधारणले सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर ज्ञानेन्द्रलाई कानुनी कठघरामा ल्याउन सरकारलाई दबाब दिएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाइएको उद्दण्डता, अराजकता र हिंसाको घोर भत्र्सना गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतंकलाई दुरुत्साहन गर्ने यस्ता क्रियाकलाप भएकोमा त्यो क्रियाकलापको भत्र्सना गरेका छन् ।
प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू नेकपा एकीकृत समाजवादीले पनि ज्ञानेन्द्रलाई नै मुख्य दोष देखाएका छन् ।
ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आह्वान गरेको छ ।
घटनाको भोलिपल्ट शनिबार वर्तमान र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकाल्यो । हिंसा भड्काउने र हिंसामा सामेल हुने सबैलाई कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन कांग्रेसले माग गरेको छ ।
शुक्रबारै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारको राजावादीले दुरुपयोग गरेको बताएका थिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिंसात्मक घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

 

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८१ चैत्र १७, ०९: ३३

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८१ चैत्र १७, ०९: ३३

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८१ चैत्र १७, ०९: ३३

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...