कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ ।यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्र िकेपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०८२ बैशाख ९, २१: ०३

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति कांग्रेसको ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति कांग्रेसको ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०८२ बैशाख ९, २१: ०३

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेसको...

चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
  • २०८२ बैशाख ९, २१: ०३

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...