नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा – Naya Bikalpa
October 27, 2026, Tuesday      Epaper

नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहित ९ जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले ठाकुरसहित शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

यस्तै मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रकुमार प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्ट्रक्शन एन्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी–मिसन जेभीविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले बताए ।

उनीहरुले सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानि/नोक्सानी पुर्‍याएकाे अभियोग पत्रमा उल्लेख छ । अख्तियारले ठाकुरसहित ९ जनासँग एक करोड ८४ लाख ३८ हजार चार सय ५८ रुपैयाँ बिगो र कैद सजायको माग गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
काठमाडौंमा प्रहरीको ‘स्विप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
  • २०८२ बैशाख २१, १९: ४३

काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...

साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
साउदीमा सुरक्षा खतरा बढेपछि सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह
  • २०८२ बैशाख २१, १९: ४३

काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
  • २०८२ बैशाख २१, १९: ४३

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल...