
काठमाडौं : नेकपा एमालेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ ।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको हो ।
बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताए । उनले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा ग्रहण गरेको बताए ।
उनले सांसदहरुले ठोस र परिणाममुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । विगतका सरकारहरुले शुरु गरेको १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको भन्दै उनले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरुको सुझाव रहेको बताए । संघीय सरकारले राष्ट्रिय स्तरका रणनीति आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरु प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उनको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले नेताहरुले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए । किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ । उहाँकाअनुसार सूचना प्रविधिको क्षेत्रमा सम्भावनाको ढोका खोल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव नेताहरुको छ ।
उपममासचिव ज्ञवालीले राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको तथा राजनीति खल्बल्याउने खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको बैठकको निष्कर्ष रहेको बताए ।
काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...
काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल...