
काठमाडौंः भारतको उडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनामा सत्यतथ्य छानबिन गर्न सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले साहको मृत्युबारे ध्यानाकर्षण गराएसँगै सभामुख घिमिरेले अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युका घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको भन्दै सरकारलाई रुलिङ गरेका हुन् ।
प्रिसा केआईआईटीको छात्रावासमा गत बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । वीरगन्ज घर भएकी १८ वर्षीया उनकाे अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।
गत ४ फागुनमा केआईआईटीमै अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।
काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्विप अपरेसन’ मा ७५...
काठमाडौं : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत...
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । नेपाल...