भारत प्रशासित काश्मिरमा विस्फोट – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

भारत प्रशासित काश्मिरमा विस्फोट

एजेन्सी : भारत प्रशासित जम्मु कश्मिरमा विस्फोट भएको छ । शुक्रबार राति जम्मु हवाई अड्डामा विस्फोटको खबर सार्वजनिक भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार, जम्मु शहरको गुज्जर नगर पुलमा रहेका एक व्यक्तिले जम्मु हवाई अड्डाको आकाशमा १६ वटा वस्तुहरू खसिरहेको देखेका छन् । उक्त घटनापछि बजारहरू तुरुन्तै बन्द गरिएका छन् ।

बीबीसी र एएफपी समाचार संस्थाहरूका अनुसार, हवाई अड्डामा एकभन्दा बढी विस्फोट भएका छन् । विस्फोटपछि साइरनहरू बज्न थालेका छन् र सम्पूर्ण शहरमा विद्युत् आपूर्ति रोकिएको छ ।

जम्मु र कठुआ अहिले पूर्ण रुपमा ब्ल्याकआउटमा रहेका छन् । सुरक्षालाई ध्यानमा राख्दै भारतीय सेनाले जम्मुमा डिफेन्स सिस्टम सक्रिय पारेको जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ बैशाख २५, २२: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ बैशाख २५, २२: ०८

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ बैशाख २५, २२: ०८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...