गृह मन्त्रालयको स्पष्टीकरण- त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

गृह मन्त्रालयको स्पष्टीकरण- त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

काठमाडौं। भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज बल्ल टिप्पणी गरेका छन् । मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।

“यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ, “साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनुहुन सबैमा अनुरोध गर्दछौँ ।”

यसैबीच, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा छानबिन भइरहेको भन्दै अनुसन्धान पूरा भएपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले छानबिन प्रक्रियामा आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
स्थानीय तह निर्वाचनका लागि रास्वपाको नयाँ कार्यविधि, उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भार
  • २०८२ जेष्ठ १०, १८: २०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ कार्यविधि सार्वजनिक गरेको छ। पार्टीका...

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
  • २०८२ जेष्ठ १०, १८: २०

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ।...

आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
  • २०८२ जेष्ठ १०, १८: २०

काठमाडौं : इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष...