संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु: पन्त – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु: पन्त

काठमाडौं |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आफू संयोगवश शिक्षामन्त्री बन्न पुगेको भन्दै अहिले शिक्षा क्षेत्रका धेरै कुरा सिक्ने प्रक्रियामा रहेको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरुको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।

‘लामो समय पत्रकारितामा बिताएँ,’ पन्तले भने, ‘पत्रकार महासंघको महासचिव हुँदै संसद सदस्य बनेको मान्छे हुँ। संयोगले शिक्षामन्त्री बन्ने मौका जुर्यो,। अहिले म तपाईहरूकै विद्यार्थी हुँ। सबैले बाटो देखाइदिनुहोला।’

उनले सम्पादकीय लेखहरू र पाठक प्रतिक्रियामा कतिपय गहन विचार प्रस्तुत हुने भन्दै त्यस्ता विचारहरूबाट आफू प्रभावित हुँदै आएको बताए। ‘कहिलेकाहीँ विद्वानहरूले पनि भन्न नसकेको कुरा पाठक प्रतिक्रियाले बोलेको हुन्छ,’ उनले थपे।यस्तै, उनले जबसम्म बहुलवादलाई सैद्धान्तिक रुपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०८२ जेष्ठ १२, १८: ०६

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०८२ जेष्ठ १२, १८: ०६

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८२ जेष्ठ १२, १८: ०६

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...