सेवा निवृत्त कर्मचारीको योगदानलाई राज्यले अवमूल्यन गर्योः सेवा निवृत्त कर्मचारी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सेवा निवृत्त कर्मचारीको योगदानलाई राज्यले अवमूल्यन गर्योः सेवा निवृत्त कर्मचारी

काठमाडौं । सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले विभेदकारी व्यवहार गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वहालवाला  कर्मचारी हरुलाई ५ हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको गुनासोसमेत गरेका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्तहरुले गर्ने संघर्षमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका छन् । श्रेष्ठले सरकारले सेवा निवृत्त राष्ट्र सेवकहरुको सेवासुविधानबढाई उपेक्षा गरेमा आफूहरुले कडा संघर्ष गर्ने चेतावनी पनि दिए ।त्यसैगरी सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले नियम अनुसार हरेक ३/३ वर्षमा तलब वृद्धि हुनुपर्नेमा ४ वर्ष वितिसक्दा पनि सरकारले तलब वृद्धि नगर्नु दुःखद भएको बताएका छन् । वहालवाला कर्मचारीहरुलाई थप भत्ता दिएर ‘ललिपप’ देखाएको बताउँदै पाण्डेले भने,“निवृत्त राष्ट्रसेवकको उर्जाशील जीवनभरी राष्ट्रलाई गरेको योगदानको अबमूल्यन गरेको छ, यदि समयमै हाम्रो पेन्सन वृद्धि वा विशेष व्यवस्था नगरे हामी संघर्ष गर्न बाध्य हुनेछौं ।”

सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका महासचिव विनोद थापाले निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको सेवा–सुविधा नियोजितरुपमा वृद्धि नगरिएको भन्दै त्यस विरुद्ध आफूहरु संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले कर्मचारीहरुलाई वेवास्ता गर्ने तर मन्त्री, सांसद तथा उच्चपदस्थहरुको सेवासुविधा बढाउने सरकार गैर जिम्मेवार भएको आरोप लगाए ।पत्रकार सम्मेलनमा सेवा निवृत्त राष्ट्रिय संगठनका सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्ष द्वोय मित्रप्रसाद खतिवडा र रमा घिमिरे लगायत कोषाध्यक्ष बयान बहादुर कार्की लगायत कार्यसमिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ जेष्ठ १७, २०: ४०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ जेष्ठ १७, २०: ४०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ जेष्ठ १७, २०: ४०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...