
काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । चार नाबालकलाई भक्तपुर पठाइएको थियो ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...