नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत

काठमाडौं ।अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको  दिएको दूतावासले स्पष्ट पारेको छ । छुट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ ।

एमसीसी सहयोगका विषयमा नेपालमा रहेको अमेरिकी दूतावासले हिजो निकालेको विज्ञप्तिमा एमसीसीले निरन्तरता पाउने भनेर प्रष्ट नभने पनि सकारात्मक सङ्केत भने गरेको छ ।

‘एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसीए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा शुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ,’ दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए-नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।

अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ । नेपालमा एमसीसी परियोजना केही समयदेखि विवादित बनेको भए पनि यो वक्तव्यले परियोजना अगाडि बढ्ने स्पष्ट संकेत दिएको छ । हाल एमसीसी परियोजनाअन्तर्गत प्रसारण लाइन तथा सडक निर्माणसम्बन्धी कामहरू अगाडि बढाइएका छन् ।

सम्बन्धित समाचार

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
  • २०८२ असार ५, १२: ००

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ।...

आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
  • २०८२ असार ५, १२: ००

काठमाडौं : इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, सरकारका अन्य निर्णय के-के ?
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, सरकारका अन्य निर्णय के-के ?
  • २०८२ असार ५, १२: ००

काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्याबलाई नियुक्त...