मुगुमा ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेर १० खच्चर मरे – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

मुगुमा ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेर १० खच्चर मरे

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा विद्युत सेवा चुहावट हुँदा १० वटा खच्चर करेन्ट लागेर मरेका छन्। जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरहरूलाई नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको हो ।खच्चर धनी तथा छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा यो घटना भएको गुनासो गरे। उनले भने, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन। एक्कासि १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो तर चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो, म बचें।”

उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्दछ । उनले विद्युत प्राधिकरणसँग खच्चरहरूको क्षतिपूर्तिको माग गरेका छन् । छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चारवटा, वडा नं. १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् ।गत शुक्रबार पनि वडा नं. १२ कम्फागाउँका खड्कबहादुर बुढाको भैंसी करेन्ट लागेर मरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए।केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए।

सम्बन्धित समाचार

सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिकतालाई थप फराकिलो बनाउँछ : विश्वप्रकाश शर्मा
  • २०८२ असार ९, ०९: ५०

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले दियो पुनरावलोकनको अनुमति
  • २०८२ असार ९, ०९: ५०

काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८२ असार ९, ०९: ५०

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...