अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका अन्तर्गत खहरे खोलाबाट आएको लेदोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सुचारु भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार पिन्थलीबेशी, फेदीखोला र चारसय बेशी क्षेत्रमा आएको लेदो पन्छाएपछि मंगलबार राति १ बजेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो।

सडक विभाग स्थानीय , रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ । सडक विभाग, स्थानीय पालिका र प्रहरीले समन्वय गरेर लेदो हटाएका थिए। अवरुद्ध राजमार्गका कारण रोकिएका सवारीहरूलाई काभ्रेभञ्ज्याङ, भकुण्डे र खुर्कोट क्षेत्रमा होल्ड गरिएको थियो।

सम्बन्धित समाचार

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
  • २०८२ असार २५, १०: ३७

काठमाडौं : सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक...

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता
  • २०८२ असार २५, १०: ३७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा...

सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८२ असार २५, १०: ३७

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य, विश्वास र साझेदारी...