बाणिज्य बैंकमा कोइराला नियुक्तिको नयाँं दर्शनः मार्क्सवाद, लेनिनवाद सम्धी विचारधारा ! – Naya Bikalpa
September 7, 2026, Monday      Epaper
राजननीतिक नियुक्तिमा नातावादकाे पराकाष्ट

बाणिज्य बैंकमा कोइराला नियुक्तिको नयाँं दर्शनः मार्क्सवाद, लेनिनवाद सम्धी विचारधारा !

नयाँ विकल्प टिप्पणी
काठमाडौं–दुई बर्ष अगाडि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा दुबै पार्टीले पहिले लिएका सिद्धान्त छोडेका थिए। तत्कालीन एमालेले लिएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद दुबै छोडेर जनताको जनावाद राखेका थिए। यसलाई २१ सौ शताब्दीको जनवादको संज्ञा दिएका थिए।

दुई बर्ष नेकपा सरकारको काम हेर्दा यो दर्शन फेरिएको जस्तो देखिएको छ। प्छिल्लो पटक रक्षामन्त्री ईश्वर पोखरेलका कारण सरकार बद्नाम भएको छ। गएको १५ दिनमा ईश्वर पोखरेलका निधारमा दुईवटा कालो धब्बा लागेको छ।

सामाजिक सञ्जालमा भाइरल बनेका ट्राेल


पहिलो दुबईमा अलपत्र परेका नेपाली लिन गएको नेपाल एअरलाईन्सको जाहाज रित्तै काठमामडौं फर्किएको घटनामा पोखरेलको मुख्य हात रहेको थियो। मन्त्रिपरिषदको बैठकमा यसको छानबिनको माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन गर्ने आश्वासन दिएका थिए। यसले पोखरेलको निधारमा लागेको एउटा धब्ब्बा थियो।

आफ्ना सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्ष बनाउने पोखरेलको योजान सार्बजनिक भएपछि उनका निधारमा अर्को कालो धब्बा थपिएको मात्र होइन निलज्र्जताको पराकाष्ठ बनाई दिएको छ।
पोखरेलको यो कदमको सामाजिक संजलमा यति नरा्रमरी प्रचार भएको छ अब त पोखरेलको राजनीति समेत धरापमा परेको छ। उनको ब्यक्तिगत स्वभावका कारण यस्ता बिषयमा पहिलादेखि नै विवादमा पर्दै आएका छन् । कहिले टं्याकी विवाद, कहिले आत्महत्या प्रकरणमा विवादमा तानिएका पोखरेल गुटका कारण ले मात्र उप तथा रक्षामन्त्री बनेका हुन।

सामाजिक सञ्जालमा भाइरल बनेका ट्राेल

आपुर्ति मन्त्री हुँदा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेपछि त्यसको चौतर्फि विरोध भएको थियो। उनले नेपाल आयाल निगम ब्यापार गर्ने संस्था भएकोले मुल्यवृद्धि वा आत्महत्यको बाटो मात्र बाँकी रहेको भन्दै बचाउ गरेका थिए। त्यसको विरोधमा आफ्नै विद्यार्थी संगठनले बिभिन्न ठाँउबाट भाउ नढाउनु आत्महत्या गर्नु भन्दै डोरी पठाएका थिए।

अर्थमन्त्री युवराज खतिवडा र पोखरेलको सम्बन्ध पुरानो हो। उनी रक्षामन्त्री भएपनि निकटताका कारण अर्थमा समेत हस्ताक्षेप गर्न सफल हुदै आफ्ना सम्धी कोईरालालाई अध्यक्ष बनाउन सफल भएका छन् । कोइरालाको यो सातौ राजनीतिक नियुक्ति हो। सडकमा आन्दोलन गरेर आएका नेकपाका कार्यकर्ताले कोइरालालाई छतमा बसेर आन्दोलन गर्ने आन्दोलनकारी भन्दै ब्यांङग गर्ने गर्दछन् ।


कोइरालाको नियुक्ति प्रति नेकपा र प्रधानमन्त्री ओली निकटका कार्यकर्ताहरुले समेत विरोध गरेका छन् । कतिपय सामाजिक संजाल प्रयोग कर्ताले बाणिज्य बैकको लोगो राख्दै ‘सम्धी घर कर्जाको’शिर्षक दिएका छन् कतिपयले भने ‘हे भगवान म कुन मन्त्रीकी छोरी उडाउ’ भनि ब्यङ्ग गरेका छन् । त्यसैगरी मन्त्री पोखरेलाई ब्याङग गर्दै समाजिक संजाल प्रयोगकर्ताहरुले ‘ अब पैसा ट्यङ्कमा होइन बैकमा राखौँ’ भनेका छन् ।

पोखरेलप्रति स्थायी समिति सदस्य पौडेलेको यस्तो ब्यङ्ग


नेकपा स्थायी समिति सदस्य विजय पौडेलले कसैको नाम नलिई रक्षामन्त्री पोखरेललाई कान्छी श्रीमतीको संज्ञा दिदै आफ्नो फेसबुक वालमा ब्यङ्ग गरेका छन् । उनले यसरी लेखेका छन् ‘ हाम्रा गाउँतिर एकजना बृद्ध र उनका दुईवटी श्रीमती छन् । कान्छी श्रीमतीभन्दा उनी बीस वर्ष जेठा छन् । जेठी श्रीमतीले जतिसुकै राम्रो काम गरे पनि गालि गर्ने र कान्छीले जति काम बिगारे पनि तारिफ गर्ने उनको बानी थियो । हाल उनले जेठीलाई घरबाट लखेटेछन् । कान्छीले बेलाबेलामा उनलार्ई चिर्पटले कुटिछन् तर पनि नराम्रो मान्दैनन्, भन्छन् “मेरो ढाड चिलाएको थियो, बिचरीले कति छिटो बुझेकी !

तस्विरः सामजिक संजाल प्रयोगकर्ताहरुको फेसबुक वालबाट

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ भाद्र १०, १३: २९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ भाद्र १०, १३: २९

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ भाद्र १०, १३: २९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...