कर्णाली प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

कर्णाली प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत : कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो ।

निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा दुई हजार ८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टरमा रोपाइँ सकिएको छ ।

चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ । जाजरकोटमा सबैभन्दा बढी ९९.२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जाजरकोटमा दुई हजार ६४५ हेक्टरमध्ये दुई हजार ६२३ हेक्टर र सल्यानमा छ हजार १३४ हेक्टरमध्ये छ हजार ७२ हेक्टरमा रोपाइँ सकिएको हो । कालिकोटमा दुई हजार ४६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार ४१२ हेक्टरमा रोपाइँ सकिएको छ ।

प्रदेशमा सबैभन्दा बढी धान खेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ । सुर्खेतमा कुल १४ हजार ९२१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १७४ दशमलव ९५ हेक्टरमा रोपाइँ सकिएको छ । दैलेखमा कुल सात हजार ६२० हेक्टरमध्ये सात हजार ८६ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ ।

सम्बन्धित समाचार

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८२ श्रावण २१, ११: ४०

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...

आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
  • २०८२ श्रावण २१, ११: ४०

हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
  • २०८२ श्रावण २१, ११: ४०

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...