
लमजुङः मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए ।
काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।...
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र देखिएका मतभेद र नेतृत्व परिवर्तनका बहसलाई पूर्वाग्रहरहित ढंगले सम्बोधन गर्न आग्रह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गरेको १२ दिने चीन भ्रमण सम्पन्न गरेको छ।...