
काठमाडौँ । काठमाडौँको मनोहरा क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गरेपछि केही नगर प्रहरी घाइते भएका छन्।
भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।हालसम्म २०–२५ घर टहरा हटाइसकिएको र अवस्था अझै तनावग्रस्त रहेकाले थप सुरक्षा बल खटाइएको छ।
काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्याबलाई नियुक्त...
काठमाडौं : बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा उपभोक्ताले ग्यास अभावको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नेपाल आयल निगमले ‘क्विक...
काठमाडौं : नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । बुधबार...