नेपाली कांग्रेस क्षेत्र नं. ९ ले संगठन सुदृढीकरणलाई निरन्तरता दिँदै – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

नेपाली कांग्रेस क्षेत्र नं. ९ ले संगठन सुदृढीकरणलाई निरन्तरता दिँदै

काठमाडौं । काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । जसअनुसार काठमाडौंको मध्यभाग देखि पश्चिम भेग न्युरोड संकटादेखि भिमढुंगा धादिङको सिमानासम्म फैलिएको भौगोलिक क्षेत्रभित्र महानगरका ४ वटा वडाहरु १२, १४, २१ र २२, नागार्जुन नगरपालिका अन्तर्गत ५ वटा वडाहरु ६,७,८,९ र १० त्यसैगरी चन्द्रागिरि नगरपालिकाको वडा नं. १, १२,१३,१४ र १५ वडाहरु सम्मिलित निर्वाचन क्षेत्र नं. ९ बनेको छ ।

भौगोलिक आकारमा ठूलो र पर्यटकीय हिसाबमा निकै महत्वपूर्ण मानिएको यस क्षेत्र विकास निर्माणमा राज्यले खासै चासो देखाएको पाइँदैन । त्यसकारण क्षेत्रीय स्तरका नेताहरु विकासका लागि भौतारिँदै संघ र प्रदेश धाउँदा पनि विकास निर्माण कार्यहरुमा सफलता पाउन सकेका छैनन् ।

ऐतिहासिक पर्यटकीय क्षेत्र विकासमा पनि पटक पटक कांग्रेस सरकारको नेतृत्वमा पुग्दा पनि ध्यान नदिएको क्षेत्रीय स्तरका नेताहरु बताउँछन् । यसैबीच नेपाली कांग्रेस क्षेत्र नं. ९ को संगठन विस्तार र सुदृढीकरणमा निरन्तरता दिँदै आएका युवा नेता जयकृष्ण महर्जनको नेतृत्वमा रहेको क्षेत्रीय समितिले निरन्तर छलफल बहस तथा संगठन विस्तारका क्रियाकलाप गर्दै आएकोले त्यस क्षेत्रमा कांग्रेसको संगठन वर्तमान अवस्थामा मजबुत भएको पाइन्छ । तथापी कांग्रेसभित्रको क्षेत्रगत गुट उपगुटजस्तो महारोगबाट भने क्षेत्र अछुतो हुन सकेको छैन ।

निरन्तर पूर्खाैली राजनीतिलाई पेशा बनाएर व्यापार गरिरहेको केही भाइरसलाई निमिट्यान्न पार्न क्षेत्रीय स्तरका नेताहरु सक्रिय भइरहेको अवस्थामा संगठनलाई व्यक्तिवादी चरित्रबाट सामुहिक सांगठनिक चरित्रमा उतार्न अझै पनि निकै ठूलो प्रयास जरुरी देखिन्छ नै । क्षेत्रमा संगठनमा माखो नमार्ने बिहान बिहान नेताहरुको घरघरमा चाकडी बजाएर कुरा लगाउने, कुरौटेदेखि शीर्ष नेताहरु सतर्क रहे भने आगामी निर्वाचनहरुमा १४ वटै वडाहरुमा कांग्रेसको जीत सुनिश्चित हुने, सांगठनिक विषयमा भेटघाट तथा छलफल कार्यक्रममा उपस्थित अधिकांश वडा सभापति र निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् ।
यसैबीच नेपाली कांग्रेस क्षेत्र नं. ९ ले एकदिवसीय सांगठनिक विषयमा छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरेर क्षेत्रीय समितिले १४ वटै सभापतिहरुबाट सांगठनिक प्रतिवेदन स्थानीय जनप्रतिनिधिहरुबाट विकास निर्माणको कार्यप्रतिवेदनहरु प्रस्तुत गराएको छ ।

छलफल कार्यक्रममा भातृ संगठन प्रमुख तथा प्रतिनिधिहरुले संगठन विस्तार सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेको थिए । त्यसै महाधिवेशन प्रतिनिधिहरु र महासमिति सदस्यहरुले कांग्रेसको संगठन कमजोर नभएकोले नेताहरुबीच एकता भएमा कांग्रेसको संगठन अझ मजबुत हुने बताए ।

यसरी विचार व्यक्त गर्ने महासमिति सदस्यहरुमा रिता ढकाल दवाडी, धर्मराज गौतम, डा. अमिता प्रधान, दिलमाया अधिकारी, सुमन श्रेष्ठ, सुधा रिजाल, लगायतले संगठनमा निरन्तर लागि पर्ने र संगठन सुदृढीकरणका लागि पार्टीले घरदैलो कार्यक्रम राखेर प्रतिनिधिको रुपमा पठाएमा जान तयार रहेको बताए ।


त्यसैगरी महाधिवेशन प्रतिनिधिहरुमा लब ढुंगाना, बासु कार्की, शिवजी भट्टराई, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष राजेन्द्र बुढाथोकी, बागमती प्रदेश सदस्य संगिता खड्गीले कांग्रेसको संगठन सुधार कार्यलाई निरन्तरता दिने बताए ।

उक्त कार्यक्रममा वडा सभापति कपिल पुरी निवर्तमान वडा सदस्य विश्वकर लामा, निवर्तमान वडा अध्यक्ष शुक्र तामाङ, कार्यबहाक अध्यक्ष किशोर केसी, एकाइ सचिव राजु गिरी वडा सभापति विकास महर्जन, सन्तोष सुवेदी, किरण कार्की, वडासचिव विनोद डंगोल, वडा सदस्य राजकुमार बोगटी, सुनिल ढुंगाना लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

त्यसैगरी छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रंजितले काठमाडौंको संगठन बलियो पार्न सबैलाई आग्रह गरेका थिए । त्यस्तै काग्रेसका पुराना नेता पार्टी प्रतिबन्धित अवस्थाका पश्चिम भेगका कमाण्डर काठमाडौं कांग्रेसका संगठक दामोदर गौतमले पुराना कुरा गरेर कसैले नपत्याउने भन्दै दुःख व्यक्त गरे ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले सामाजिक सञ्जालको प्रयोग गर्न आव्हान गरे । क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जनले संगठन दुरुष्त तन्दुरुष्त राख्न इकाइ नै सक्रिय हुनुपर्ने हुँदा प्रत्येक इकाइहरुले दशैं अगाडि नै चियापान तथा भेटघाट कार्यक्रम राखेर प्रत्येक इकाइका गुनासाहरु घरघरमै नेताहरु ल्याएर सुनाउने तर्फ लक्षित गर्न निर्देशन दिए । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ को आयोजनामा संगठन सुधार विषयमा भेटघाट तथा बृहत छलफल कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव सन्तोष गिरीले गरेका थिए भने, सहजीकरण माधव न्यौपाने र अनिल लामाले गरेका थिए । छलफल कार्यक्रममा इकाइ प्रदेश क्षेत्रका विभिन्न पदासिन १४५ जना नेताहरुको उपस्थिति रहेको क्षेत्रीय सचिव सन्तोष गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’
  • २०८२ श्रावण ३०, १७: १२

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...

निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
निर्मला पन्त हत्या प्रकरणमा सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न- हजुर सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
  • २०८२ श्रावण ३०, १७: १२

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
  • २०८२ श्रावण ३०, १७: १२

काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको...