नयाँ विकल्प,

काठमाडाैं- सैनिक मुख्यालयसंगै जाेडिएकाे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
आइतबार बिहान ३ बजे सेनाका जवानले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ।
परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन्। उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए। उनी राति १२ बजेदेखि ड्युटीमा थिए।
आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेकाे छ ।
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...
काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...