रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा – Naya Bikalpa
August 6, 2026, Thursday      Epaper

रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा

काठमाडौं । राजधानीलगायत देशभर जेनजी आन्दोलन चर्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

रास्वपाले सार्वजनिक विज्ञप्तिमार्फत सरकारको बर्बर दमन, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण, र व्यापक भ्रष्टाचारविरुद्ध कडा रूपमा उत्रिँदै सामूहिक राजीनामा प्रस्तावसहित ६ बुँदे माग प्रस्तुत गरेको हो ।

रास्वपाले संसदको वैधता समाप्त भइसकेको निष्कर्षमा पुगेको बताउँदै, नयाँ राजनीतिक निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्तावसमेत अघि सारेको छ ।

साथै, जेनजी आन्दोलनका क्रममा मारिएका प्रदर्शनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको मागसमेत गरिएको छ ।

संसदीय दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतम, निशा डाँगी लगायत २० सांसदहरूको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा सामूहिक राजीनामाको निर्णय सार्वजनिक गरिएको हो ।

सम्बन्धित समाचार

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
  • २०८२ भाद्र २४, १५: २१

काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको...

मस्कटमा नेपाल-ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
मस्कटमा नेपाल-ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम
  • २०८२ भाद्र २४, १५: २१

काठमाडौँ : ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल-ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको...

चालु आवदेखि लागू हुने तलबमान सार्वजनिक
चालु आवदेखि लागू हुने तलबमान सार्वजनिक
  • २०८२ भाद्र २४, १५: २१

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन...