
काठमाडौं।जेन–जीको आन्दोलनको क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित काठमाडौंमा रहेका अधिकांश ठूला सरकारी कार्यालयमा आगो लगाएका छन्।
सिंहदरबारमा मंगलबार दिउँसो तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
सिंहदरबारभित्र सबैजसो मन्त्रालयमा आगो लागेका छन्। काठमाडौंको आकाशमा रातभर बादल लागेको भए पनि पानी नपरेकाले सिंहदरबारभित्रको आगो नियन्त्रणमा आउन सकेन।
जेन–जी प्रदर्शनकारीले दिउँसैदेखि सिंहदरबारको मूलगेट, पश्चिम गेटमा आगजनी गरेको भए पनि सुरक्षाकर्मीको उपस्थिति थिएन। तोडफोड र आगजनी सकेर प्रदर्शनकारी निस्कन थालेपछि मंगलबार साँझमात्रै सेनाले उपस्थिति बढाएको थियो।
महाराजगञ्जमा रहेको राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास, संसद भवनमा पनि आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौंकै बौद्धको डिएसपी कार्यालय, महाराजगञ्जको डिएसपी कार्यालय, सोह्रखुट्टेमा रहेको डिएसपी कार्यालयसहित अधिकांश प्रहरी बिटमा आगजनी गरिएका छन्। त्यस्तै कीर्तिपुर, गोकर्णेश्वर नगरपालिकाहरूका भवनमा पनि आगजनी र तोडफोड भएको छ।
काठमाडौं : नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको...
काठमाडौँ : ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल-ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको...
काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन...