नयाँ विकल्प,

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारद्वारा जारी निषेधाज्ञामा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा सञ्चारकर्मी भएको झुटो परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेंमाथि कारबाही गर्न माग गरेको छ ।
जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै महासंघले यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघले ठहर गरेको छ ।
‘महासंघ पत्रकारिता पेशाबाहिरका व्यक्तिहरुलाई सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दछ’, महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आमसञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पेशागत कर्मका समयमा मात्रै प्रेस लेखिएको सवारी प्रयोग गर्न आग्रह गर्दछ ।’
महासचिव विष्टले संचारकर्मीका आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेका छन् ।
प्रेस पासको दुरुपयोग रोक्न नेपाल प्रहरीलाई प्रेस लेखिएको सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र संचारकर्मी पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडे वा नहिँडेको निश्चित गर्न महासंघले सबै ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरेका छन् ।
महासंघले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...