
नयाँ विकल्प ,
काठमाडाैं -नेपाल राष्ट्रबैङ्कले एटिएम प्रयाेग वापत लिने शुल्क हटाउन बैङ्कहरूलाइ निर्देशन जारी गरेकाे छ । राष्ट्र बैकले जारी गरेकाे निर्देशिका अनुसार एक बैंकको एटिएम कार्ड प्रयोग गरी अन्य बैंकको यटिएमबाट पैसा निकाल्दा शुल्क लिन पाइने छैन्।
केन्द्रिय बैंकले आइतबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७७ जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको हाे।
बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी
कार्ड (डेबिट÷क्रेडिट) जारी गर्न पाउने छैन भने कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्नेछ ।

यसअघि लकडाउनको समयमा बैंकहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिएपनि लकडाउन खुलेसँगै अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क लिने गरेका थिए।
अब भने बैंक तथा वित्तीय संस्थाहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा ग्राहबाट कुनै शुल्क लिन नपाउने भएका छन्।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...