मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार बेलुकीसम्म पनि निरन्तर पहिरो खसिरहेकाले काम अघि बढाउन नसकिएको थियो।

तर आइतबार बिहानदेखि सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य शुरु भएको छ ।शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।साथै, सकभर वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो ।

सम्बन्धित समाचार

आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा
  • २०८२ आश्विन ५, ०८: ३८

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण...

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०८२ आश्विन ५, ०८: ३८

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ...

आज प्रतिनिधिसभाको बैठक बस्दै
आज प्रतिनिधिसभाको बैठक बस्दै
  • २०८२ आश्विन ५, ०८: ३८

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा...