९ बर्षे बालिकालाई बलत्कार गर्ने भूपू सैनिक पक्राउ – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

९ बर्षे बालिकालाई बलत्कार गर्ने भूपू सैनिक पक्राउ

नयाँ विकल्प

कास्की – प्रहरीले नाबालिका बलत्कारकाे अाराेपमा ५५ बर्षका पुर्व भारतीय सैनिकलाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका -७ घर भई जिल्ला कास्की पोखरा महानगरपालिका- १० मिलनचोक बस्ने ५५ वर्षका रेश बहादुर गुरुङ छन् ।

प्रहरीले स्याङ्जा बिरुवा गाउँपालिका -८ टोड्केबाट पक्राउ गरेकाे हाे । कास्की प्रहरीका अनुसार भारतीय सेनाबाट अवकाश प्राप्त गुरूङले पाेखराकी नावालिकालाइ पटक पटक बलत्कार गरेकाे खुलेकाे छ ।

गुरूङले पिडित नौ बर्षिय बालिकलाई बिगत ४ /५ महिना देखी ललाई फकाई गरी यौन शोषण गर्दै आईरहेका अनुसन्धानबाट खुलेकाे छ । पिडितकाे उजुरीकाे अाधारमा कास्की प्रहरीले गुरुङलाई अाइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा संग समन्वय गरी जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०८ टोड्केमा लुकिछिपि बसेको अवस्थामा पक्राउमा पक्राउ गरेकाे जनाएकाे छ

पक्राउ परेका गुरूङलाइ जिल्ला प्रहरी कार्यालय कास्की पोखरा ल्याईएको र जबरजस्ती करणी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।

       

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ भाद्र १५, ११: ४७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ भाद्र १५, ११: ४७

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ भाद्र १५, ११: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...