प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्। उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।

यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। उक्त मितिमा चुनाव गराउन राजनीतिक दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले उनले निर्वाचनको वातावरण बनाउन आह्वानसमेत गर्नेछिन्।प्रधानमन्त्री कार्कीको सम्बोधनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा निधन भएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ आश्विन ९, ०८: ३६

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ आश्विन ९, ०८: ३६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८२ आश्विन ९, ०८: ३६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...